काठमाडौं । शेयर बजार नेप्से आइतबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १६ दशमलव ९५ अङ्कले घटेर एक हजार आठ सय २१ दशमलव ६५ विन्दुमा झरेको छ । आइतबार सबै समूहको शेयर ओरालो लागेको छ ।
दुई सय ६३ वटा कम्पनीको २७ लाख ८८ हजार कित्ता शेयर ९० करोड रुपैयाँमा कारोबार भएका छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको पाँच करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरै तथा दोर्दी हाइड्रो र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया