काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।
नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरुको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । यसअघि मंगलबार पनि तीन नेताबीच करिव दुई घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया