काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएकी छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद देउवाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएकी हुन् । उनले भनिन्,‘मेरो नाम पनि जोडिएको छ । प्रश्न उठेको छ । नारीले आफ्नै हैसियतमा राजनीति गरेको सह्य नहुने रहेछ । पुरुषले भनेको ठाउँमा बस्नुपर्ने, बोल्नुपर्ने । पब्लिक लाइफमा आयो भने पुरुषलाई असह्य हुने परिस्थिति बनेको छ । मैले बिराएको छैन, डराउँदिनँ । ’
उनले आफ्नो श्रीमान पाँच पटक प्रधानमन्त्री बनेकाले सबै सम्पत्ति सरकारसँग सुरक्षित रहेको बताइन् । सबैको सम्पत्ति सार्वजनिक गर्न पनि माग गरिन् । उनले आफू राजनीतिमा अघि बढेको कसैलाई रुची नभएकाले आफ्नो विरोध गरिएको बताइन् ।

प्रतिक्रिया