शेयर बजारमा झण्डै १० अंकको गिरावट


काठमाडौं । शेयर बजार नेप्से बुधबार पनि घटेको छ । बुधबार नेप्से ९ दशमलव ४१ अङ्कले घटेर एक हजार आठ सय ५७ विन्दुमा झरेको छ । उत्पादन र म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि आज अरू सबै समूहको शेयर घटेको छ ।

बजारसँगै कारोबार रकममा पनि दिनदिनै कमी आउन थालेको छ । आज दुई सय ६५ वटा कम्पनीका २१ लाख ५५ हजार कित्ता शेयर ६२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । साञ्जेन जदविद्युत् कम्पनी, मन्दाकिनी हाइड्रो, पिपुल्स पावर र सगरमाथा जलविद्युत् कम्पनीको शेयर साढे तीन प्रतिशतभन्दा धेरेले ओरालो लागेको छ ।