शेयर बजारमा दोहोरो अंकको बृद्धि


काठमाडौं । शेयर बजार नेप्से मङ्गलबार दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ६४ वटा कम्पनीका २७ लाख पाँच सय कित्ता शेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको शेयर आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज पिपुल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।