फ्लाइ दुबईको जहाजमा चरा ठोक्किए हल्ला मात्रः पर्यटनमन्त्री किराती


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गएराति फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत मन्त्री किरातीले जहाजमा चरा ठोक्किएको प्रमाणित नभएको बताएका हुन् । उनले भनेका छन्, ‘जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु । कृपया मेरो सबैमा बिन्ती छ नकारात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं ।कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’

त्यस्तै उनले आफू सहरमा हवाईजहाजको गोठालो गर्दै हिँडेको बताएका छन् । उनले भनेका छन्, मंगलबार सामाजिकमार्फत गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेको बताएका हुन् । उनले भने, ‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ ।’