फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्य तिर गयो, चिन्ता नगर्नुहोलाः पर्यटनमन्त्री किराती


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बितिक्कै इन्जिनमा आगो लागेको भनिएको फ्लाई दुवइको जहाज गन्तव्यतर्फ गएको छ ।

काठमाडौंमा अवतरण गराउने भनिएपनि जहाज सुरक्षित रुपमा आफ्नो गन्तव्यमा गएको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । उनले भने, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा।’