कांग्रेसले सिफारिस गर्‍यो कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम


कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले खड्कबहादुर पोखरेल, बेदराज सिंह र कृष्णकुमार विसीलाई मन्त्रीमा सिफारिस गरेका हुन्।

पोखरेल सामाजिक विकास मन्त्री, सिंह आर्थिक मामिला तथा योजना मन्त्री र विसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गरिएको हो ।

कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, २०७८ बैशाखमा भएको सहमति अनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो।