गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् ।

बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेसँगै गच्छदार सांसदबाट स्वतः निलम्बित भएका हुन् । भ्रष्टाचार मुद्दा अन्तिम टुंगो नलागेसम्म गच्छदार प्रतिनिधिसभा सदस्यको हैसियतमा रहने छैनन् ।