सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त


काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष सुवास नेम्वाङ नियुक्त भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई संसदीय दलका उपनेता नियुक्त गरेका हुन् । राष्ट्रपति निर्वाचनमा पराजित नेम्वाङ यसअघि पनि दलको उपनेता नै  थिए ।

आइतबार अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।