युरोपेली संसद्का सदस्यहरुले युरोपियन युनियनबाट बेलायत अलग्गिने प्रक्रिया (ब्रेक्जिट) लाई स्वीकृत गरेका छन् । बेलायत इयूबाट जनवरी ३१ मा अलग हुँदैछ । सम्झौताको पक्षमा ६ सय २१ सदस्यले मत दिएका छन् भने विपक्षमा ४९ मत परेको थियो ।
लामो बहसबीच बेलायत अन्ततः बेक्रजिटको संघारको पुगेको छ । गत अक्टोबरमा दुई पक्षबीच ब्रेक्जिटका लागि आवश्यक नयाँ सहमति भएका थिए । मतदानपछि संसद् प्रमुख डेभिड ससोलीले बेलायत युरोपियन युनियनबाट अलग भए पनि जहिल्यै युरोपको हिस्सा रहने बताए ।

प्रतिक्रिया