भूकम्पपछि दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेको सङ्ख्या करिब ८ हजार पुगेको छ । हालसम्म ७ हजार आठ सयको जनाको मृत्यु पुष्टि भइसकेको छ ।
एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तीमा १ हजार ९३२ जनाको ज्यान गएको छ। त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ ।
अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ ।
सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन् ।
टर्कीमा सोमबार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया