प्रधानमन्त्रीद्वारा दलका सचेतकहरुसँग छलफल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले सबै राजनीतिक दलका सचेतकहरू छलफल गरेका हुन् । दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग विधेयक सम्बन्धि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने विजनेस लगायतका बारेमा दलको आधिकारिक राय लिन बैठक बोलाइएको हो । संसदमा सांसदहरूको भूमिका र विधेयकका बारेमा पनि प्रधानमन्त्रीले छलफल गरेका हुन् ।