सवारी दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु


उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् । तुर्काना सेन्ट्रल सबकाउन्टीका प्रहरी कमाण्डर लेम्मी निजरुले राति करिब १० बजे दुर्घटना भएको जानकारी दिएका छन् ।

लोद्वार–काकुमा सडकमा ऊँटलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । केन्याका सडक सुरक्षा प्रवर्द्धकहरूले तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सवारी दुर्घटना बढेको बताएका छन् ।