‘मसँग अहिले कुनै जवाफ छैन, म कुनै देशको नागरिक रहिनँ’


काठमाडौं । रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । सर्वोच्च अदातलको फैसलापछि शुक्रबार साँझ गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफू अनागरिक भएको बताएका छन् ।

उनले सर्वोच्च अदालतको फैसलाको पालना गर्ने बताए । उनले भने, ‘मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहिनँ।’