नेप्से ९ अंकले घट्यो


काठमाडौं । मंगलबार ३३ अङ्कले बढेको शेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से ९ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव १० विन्दुमा झरेको छ ।

आज जलविद्युत्, विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स,बीमा र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ ।

दुई सय ४८ वटा कम्पनीका एक करोड ३३ लाख चार हजार कित्ता शेयर चार अर्ब ९२ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडि हाइड्रोको ३५ करोड ७८ लाख र अपी पावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर झन्डै आठ प्रतिशत तथा सिँगटी हाइड्रो र मिथिला लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रो, ग्रीन भेन्चर्स कम्पनी र हिमालयन ठ्उऊ विकास कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।