काठमाडौं । बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले उनलाई २० लाख घरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
२० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि मात्र सन्दीप आज छुट्नेछन्। जिल्ला अदालत काठमाडौंको गत कात्तिक १८ गते दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो। तर, उच्चले जिल्ला अदालतको आदेश उल्टाउँदै रिहा गर्न आदेश दिएको हो । रिहा भएपछि सन्दीलाई विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ।

प्रतिक्रिया