काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘नो नट अगेन’का नाममा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार सामाजिक संजालमार्फत भट्टराईले आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्, ‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन् ? उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि ?सामाजिक संजालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ !’

प्रतिक्रिया