दोलखा । आगामी मंसिर ४ मा हुने प्रतिनिधि भाको निर्वाचनमा दोलखा संघीय निर्वाचन क्षेत्रबाट राप्रपाको तर्फवाट उम्मेदवार बनेका विजय खड्काले आफ्नो प्रचार अभियानलाई तिब्र वनाएका छन । उनले निर्वाचन घोषणा भएपछि अधिकांस पालिकाकामा रहेका राप्रपा कार्यकर्ता ,शुभेच्छुक तथा स्थानीय जनतासँग अन्तरक्रिया घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् ।
मतदानको राप्रपा प्रतिको सकारात्मक सोचले राप्रपाका उनी लगायत प्रदेश क का उम्मेदवार रामवहादुर तामाङ र प्रदेश ख का उम्मेदवार राजनवहादुर शिवाकोटी पनि थप उत्साहित भएका छन् । खासगरी राप्रपामा राजेन्द्र लिङ्देनको उदयपछि जनता राप्रपाका उम्मेदवारलाई स्पेस दिनुपर्ने मुडमा पुगेका छन् ।
गृह क्षेत्र विगु गाँउपालिकाका संघीय सांसदको उम्मेदवार विजय खड्का लामो समयदेखि राजनीतिमा क्रियाशील,नीति सिद्धान्तमा अडिक नेताको रूपमा चिनिन्छन् । राप्रपाका सहायक महामन्त्री खड्काले राप्रपाको प्रवास विभाग प्रमुखको भुमिकामा रहँदा पार्टी संगठनलाई अधिकांस मुलुकहरूमा विस्तार गरेर आफ्नो संगठन कौशलताको परिचय वनाई सकेका छन् ।
दोलखामा काग्रेस कम्युनिष्टको विकल्पमा भरपर्दाे नेताको रूपमा विजय खड्काको उदयले ३२ वर्षदेखिको सिण्डिकेट तोड्नुपर्छ भन्ने आम दोलखालीको बुझाईलाई थप बल दिएको छ ।
दोलखाको राजनीतिमा खडकाहरूको सघन प्रभाव छ । काग्रेसवाट रूद्र खड्का, युधिष्ठिर खड्का तथा माओवादीवाट देवी खड्का, विशाल खड्काले टिकट नपाउँदा अधिकांश खड्काहरूको मत राप्रपाले प्रभावित गर्ने आँकलन गर्न सकिन्छ । राजनीतिमा ईमान्दार छवि बनाएका ढालवहादुर खडका, हेम गजाधर खड्का,जगदीश खड्का सुन्दर खड्काको निरन्तरता र पछिल्लो पुस्ताका प्रतिनिधि पात्रको रूपमा उनलाई लिईन्छ । त्यस्तै राजनीतिका साथसाथै विकास निर्माण तथा समाजसेवामा पनि राप्रपा नेता खड्का अब्बल मानिन्छन् ।
स्नातकोत्तरसम्म अध्ययन गरेका खड्काको उत्तरी भेगकै गौरव सिँगटीको भैरवेश्वर महादेव मन्दिर निर्माणमा महत्वपूर्ण योगदान छ । त्यस्तै विद्यालय लगायतका भौतिक निर्माणमा तथा युवाहरूलाई रोजगारी तथा विदेशमा दुःख पाएका युवाहरूलाई मुलधारमा स्थापित गराउने अभियानमा पनि खड्का जोडिएका छन् । विनाशकारी भूकम्पमा पनि उनले धेरै योगदान गरेका थिए ।
कोभिड महामारी बीच अग्रपंक्तिमा रहेर त्यतिबेला भएको अक्सिजनको चरम अभावलाई हटाउन जिल्लाका प्रायः सवै स्वास्थ्य चौकिहरूमा उनी स्वयं उपस्थिति भएर अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका थिए । एक ईमान्दार व्यक्तिका छवि वनाएका खडका दोलखामा राजनीतिक नेतृत्वका भरपर्दाे विकल्प हुन सक्ने आँकलन आम दोलखाली वुद्धिजिविहरूले गरेका छन्।


प्रतिक्रिया