प्रदेश दुईमा छोरीको बीमा गर्नेलाई तीन महिना निःशुल्क इन्टरनेट


जनकपुरधाम । मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सुबिसु केबल नेट प्रालीबीच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा प्राप्त गर्ने छन ।

प्रदेश दुईको सरकारले संचालन गरि रहेको बेटी पढाउ बेटी बचाउ अभियानलाई सफल बनाउन सुविसु केबल नेट प्रालीले यो सेवा उपलब्ध गराएको सुविसुका आयोजना प्रमुख सुवास अधिकारीले जानकारी दिए ।

प्रदेश सरकारको यो अभियानलाई सफल बनाउन विभिन्न सेवा प्रदायक संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् ।