अफ्रिकी संघले उत्तरी इथियोपियामा करिब दुई वर्षदेखि जारी द्वन्द्वमा सम्लग्न पक्षलाई शान्ति वार्ताका लागि पुनः प्रतिबद्ध हुन आह्वान गरेको छ ।
इथियोपियाली र इरिट्रियाली सेनाको संयुक्त आक्रमणमा उत्तरपश्चिमी टिग्रेको शायर शहरमा केही दिनदेखि बमबारी भइरहेको छ ।
एक लाख जनसङ्ख्या रहेको शायर शहरमा भएको आक्रमणमा परी एक जना सर्वसाधारणको मृत्यु भएको टिग्रेलाई राहत प्रदान गर्ने संस्था इन्टरनेसनल रेस्क्यु कमिटीले घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी शक्तिहरूसँग मिलेर बढ्दो हिंसा र यसले नागरिकहरूमा पारेको प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई ‘यस विनाशकारी द्वन्द्व’लाई शान्तिपूर्ण रूपमा समाधान गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री अबी अहमदको सरकार र टिग्रियाली अधिकारीहरूले वार्ताका लागि अफ्रिकी संघकोको निमन्त्रणा स्वीकार गरेका छन् ।

प्रतिक्रिया