बङ्गलादेशमा एउटा भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले जनाएको छ । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।
सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेश विशाल शिविरमा आश्रय दिइरहेको छ ।
हालैका महिनाहरूमा अव्यवस्थित बस्तीहरूमा हिंसा बढेको र गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीहरूको नागरिक नेतृत्वलाई हत्या र अपहरणमार्फत् तर्साउने गरिरहेका छन् ।
प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया