काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले शताव्दी पुरुष सत्यमोहन जोशीको पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिदै सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पूर्वराजा शाहले आफ्ना सचिव सागर प्रसाद तिमल्सिनामार्फत शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
शताव्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना गर्न पूर्वराजाका सचिव तिमल्सिना मंगलबार किस्ट अस्पताल गएका थिए । पछिल्ला दिनमा किष्ट अस्पतालको सघन उपचार कक्षमा शताव्दी पुरुष जोशीको उपचार भैरहेको छ । सचिव तिमल्सिनाले स्वास्थ्य अवस्था बुझ्दै सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिक्रिया