इटालीको व्यापारिक सङ्घ कन्फिन्ड्रियाले ऊर्जाको बढ्दो मूल्यका कारण हजारौं कम्पनीहरू असफल हुन र ठूलो सङ्ख्यामा रोजगारी गुम्न नदिन ४० देखि ५० अर्ब युरोको सहायता प्याकेजका लागि आग्रह गरेको छ ।
संस्थाका प्रमुख कार्लो बोनोमीले उद्योग बिना इटाली नहुने र हजारौं कम्पनी बन्द गरेमा लाखौंको रोजगारी गुम्ने बताए । उनले आफू महामारीको सुरुवातमा भन्दा अहिले बढी चिन्तित भएको बताए ।
सन् २०२३ सम्ममा ४० देखि ५० अर्ब युरो आवश्यक पर्ने अनुमान आफूले गरेको उनले बताए । गत महिना भएको निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गरेपछि इटालीको आगामी सरकारको नेतृत्व गर्ने तयारीमा रहेकी जियोर्जिया मेलोनीले यदि ऊर्जा बिल कम गर्न युरोपेली ऐक्यबद्धतामा भरोसा गर्न नसक्ने हो भने ‘अन्य स्रोतसाधनको सहारा लिनुपर्ने बताए । इटालीका कम्पनीहरूले सन् २०२२ मा महामारी अघिको भन्दा ११० अर्ब युरो बढी तिर्नुपर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया