अफगानिस्तानको अर्थतन्त्र ‘नाटकीय रूपमा धराशायी’ भएको भन्दै राष्ट्रसङ्घद्वारा चासो व्यक्त


संयुक्त राष्ट्रसङ्घले तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ । त्यसो त सन् २०२१ को अगष्टमा तालिबानले सत्ता सम्हाल्नुअघि अफगानिस्तानको अर्थतन्त्र निकै सानो आकारको थियो र यसको कूल गार्हस्थ्य उत्पादन करिब २० अर्ब अमेरिकी डलर थियो ।

तर एक वर्षको अवधिमा यसले ‘करिब ५ अर्ब डलर गुमाएको एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का निर्देशक कन्नी विग्नाराजाले बताएका छन् । यस प्रकारको नाटकीय पतन संसारमा कहीँ पनि नदेखेको उनले बताएका छन् ।

सन् २०२१ को अगष्टदेखि आधारभूत खाद्य वस्तुको मूल्य ३५ प्रतिशतले वृद्धि भए पनि अफगानीले ६० देखि ७० प्रतिशतसम्म खर्च गर्ने गरेका छन् ।

योमध्ये केहीले आफ्नो आय र घरायसी आयको ८० प्रतिशत पनि खाद्यान्न र इन्धनमा खर्च गर्ने गरेका छन् । अहिले ९५ देखि ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको उनले बताए । यो सङ्ख्या एक वर्ष अघि ७० प्रतिशत थियो ।