ईयूद्वारा बुर्किना फासोमा सैनिक आडमा भएको सत्ता कब्जाको निन्दा


युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ । इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो ‘कू’ले केही महिनायता विशेष गरी इकोवासको क्षेत्रीय समूहको तर्फबाट गरिएको संक्रमणकालीन पर्यवेक्षण गर्ने प्रयासलाई खतरामा पारेको छ ।”

समूहले अधिकारीहरूलाई जुलाई ३ मा भएको सम्झौताको सम्मान गर्न र सन् २०२४ जुलाई १ भन्दा पछि बुर्किना फासोलाई संवैधानिक आदेशमा फर्कनका लागि आग्रह गरेको छ । उनले भने,“युरोपेली सङ्घले पनि देशको सुरक्षा र मानवीय स्थितिमा आएको ह्रासप्रति खेद प्रकट गरेको छ ।

सेनाका तल्लो तहका अधिकारीहरूले शुक्रबार यसै बर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमणविरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए ।