चोलेन्द्रका पक्षमा उभियो एमाले, महाभियोग लगाउन नहुने भन्दै समितिमा राख्यो फरक मत


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समितिबाट बहुमतले पारित भएको छ । शनिवार राति बसेको ११ सदस्यीय समितिको बैठकले सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् ।

महाभियोगको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टीका सदस्यले हस्ताक्षर गरेका छन् । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् ।