न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।
मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सङ्क्रमण केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै सोमबार यहाँका ४६ जना सङ्क्रमितको मृत्यु भएको छ ।
जुलाई महिनाको सुरुको हप्तामा यहाँ दैनिक नै दश हजार जनामा सङ्क्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक करिब दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।
यहाँ कोभिडको सङ्क्रमण सुरु भएदेखि सन् २००० यतादेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ ।
यहाँ यो सङ्क्रमणबाट हुने मृत्युदरमा भने कमी आएको पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट यहाँका एक हजार ९६२ जना व्यक्तिको मात्र निधन भएको जनाएको छ ।

प्रतिक्रिया