१५२ जनामा कोरोना संक्रमण


काठमाडौँ । नेपालमा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ३२९४ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २४४८ पुगेको मन्त्रालयले जनाएको छ ।