काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका छन् ।
बागमती गंगा आरती सेवा समितिको निमन्त्रणामा सन्ध्याकालीन आरतीमा सहभागी हुन पशुपतिनाथ पुगेका हुन् । ओलीले सेवा समितिको १५ औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन समेत गरे । ओलीले पुजारीहरूलाई रामनामी ओढाएर सम्मानसमेत गरेका छन् ।


प्रतिक्रिया