भारतमा अझै ४ करोड मानिस कोभिडविरुद्धको खोप लगाउन बाँकी


भारत सरकारले देशमा करिब ४ करोड मानिसहरूले अझै कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा पनि नलिएको बताएको छ ।

कनिष्ठ संघीय स्वास्थ्य मन्त्री भारती प्रविण पवारले भारतीय संसद्को तल्लो सदन (लोकसभा) मा सम्बोधन गर्दै खोप लगाउन योग्य उमेर समूहका करिब ४ करोड मानिसले हालसम्म पहिलो मात्राको खोप नलिएको बताए ।

गत सोमबारसम्म कुल ९२ करोड ६१ लाखले खोपको दुवै डोज प्राप्त गरेका उनले जानकारी दिए । यसैगरी खोपको तेस्रो मात्रा स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने र ६० वर्ष भन्दा माथिका सबै योग्य उमेरसमूहका व्यक्तिहरूलाई मार्च १६ देखि प्रदान गरिने उनले बताए ।