चीनमा ४२ करोड ८० लाख फाइभ–जी मोबाइल प्रयोगकर्ता


चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ–जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मङ्गलबार जनाएको छ। । मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ–जी बेस स्टेशनहरू शुरू गरेको थियो । सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको छ पनि मन्त्रालयले उल्लेख गरेको छ ।

प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले जनाएको छ । फाइभ–जी औद्योगिक आधारहरूलाई थप सुदृढ गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।