हङकङमा सरकारविरोधी आन्दोलन थप हिंसात्मक बन्दै



हङकङमा जारी सरकारविरोधी आन्दोलन थप हिंसात्मक बन्दै गएको छ ।

प्रदर्शनकारीले विभिन्न शैलीमा सरकारको विरोधमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सुरक्षाकर्मीले उक्त कदम नियन्त्रणका लागि बल प्रयोग गर्दा आन्दोलनले हिंसात्मक रुप लिएको छ ।

हजारौंको संख्यामा सडकमा ¥यालीमा सहभागी भएकाहरुमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा दोहोरो झडप भएको अन्तर्राट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सरकारले केही दिनअघि आन्दोलनकारीलाई मास्क लगाउन प्रतिबन्ध लगाएपनि त्यसको उल्लंघन भएको छ ।

प्रदर्शनकाक्रममा आइतबार राति कयौं प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका जनाइएको छ । प्रदर्शनकारीहरुले विभिन्न व्यापारीक तथा निजी भवनहरुमा तोडफोड र आगजनी गर्न थालेपछि प्रदर्शन हिंसात्मक भएको हो ।

उनीहरुले सुरक्षार्कीलाईसमेत इँटा प्रहार गरेको बताइएको छ । लामो समयदेखि सरकारको विरोधमा हङकङमा आन्दोलन भइरहे पनि समस्या समाधानका लागि प्रशासनले चासो देखाएको छैन ।

हङकङमा चार महिनादेखि आन्दोलन भइरहँदा अन्तर्राष्ट्रिय समुदायलेसमेत चासो देखाएका छन् । चीन सरकारले पनि उक्त आन्दोलनलाई मथ्थर पार्न कुनै कदम नचालेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगान मस्जिदमा बन्दुकधारीको आक्रमण, ६ जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

  मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर

चीनको कारखाना गतिविधि लगातार दोस्रो महिनामा वृद्धि

  चीनको कारखाना गतिविधि अप्रिलमा लगातार दोस्रो महिना बढेको छ । मङ्गलबारको तथ्याङ्कले

एयरलाइन्स कम्पनीले १०१ वर्षे बृद्धालाई बच्चा बनाएपछि…

बीबीसी । विमान सेवा कम्पनीको बुकिङ प्रणालीमा रहेको समस्याका कारण १०१ वर्षीया महिलालाई