उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण



संयुक्त राज्य अमेरिकासँग परमाणु वार्ता पुनः सुरु गर्ने घोषणा गरेको केही घण्टापछि नै उत्तर कोरियाले पनडुब्बीबाट एउटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार वन्सान पोर्टनजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्र आकाशमा ९ सय १० किलोमिटर माथि पुगेको र जापान सागरमा खस्नुअघि त्यसले ४ सय ५० किलोमिटर दुरी पार गरेको थियो ।

उत्तर कोरियाले गत मे महिनादेखि छोटो दुरीका क्षेप्यास्त्र परीक्षण गर्न थालेको थियो । क्षेप्यास्त्र परीक्षणसम्बन्धी समाचार प्रकाशित भएपछि विभिन्न पक्षले उत्तर कोरियाको कदमको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका