बाढीका कारण भारतमा कम्तीमा ४४ जनाको मृत्यु



भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो ।

गत २४ देखि ४८ घण्टासम्मको अवधिमा अत्यधिक वर्षा भएको र नदी किनारका क्षेत्रमा बढी असर गरेको अधिकारीहरुको भनाइ छ ।

“गएरातिसम्ममा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि भएको छ, सरकारी अधिकारीहरुले खोजी तथा उद्धारका लागि प्रयास गरिरहेका छन्”, प्रकोप व्यवस्थापन प्रदेश कार्यालयका उपाध्यक्ष रवीन्द्र प्रताप साहीले एएफपीसँग भने ।

उनले बाढीबाट प्रभावित हजारौँ स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको र शरणार्थी शिविरहरुमा राखिएको पनि जानकारी दिए ।
प्रभावित क्षेत्रमा अरु ४८ घण्टासम्म पनि भीषण वर्षा हुने अनुमान गरिएको मौसमविद्हरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजिप्टमा गाजा युद्धविराम योजनाको हमासले आज जवाफ दिने

  हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा आज गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर

पाकिस्तानको खैबर पख्तुनख्वामा न्यायाधीश अपहरित

  दक्षिण बजिरिस्तानमा आफ्नो कर्तव्य पालन गरिरहेका जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई खैबर पख्तुनख्वाको

गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन