ब्रिटिश संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको कार्य गैरकानुनी ठहर



ब्रिटेनको सर्वोच्च अदालतले प्रधानमन्त्री बोरिस जोनसनले संसद्‌ निलम्बन गर्न लिएको निर्णय गैरकानुनी भएको फैसला सुनाएको छ।

प्रधानमन्त्री जोनसनले यसै महिना केहीअघि संसद्‌लाई पाँच हप्ताका लागि प्रोरोग अर्थात् निलम्बन गरिदिएका थिए। यसबाट उनलाई महारानीको सम्बोधनमार्फत्‌ प्रस्तुत गरिने आफ्ना नयाँ नीतिहरू तर्जुमा गर्न समय मिल्ने उनको भनाइ थियो।

तर देशको सर्वोच्च अदालतले आगामी ३१ अक्टोबरको ब्रेक्जिट समयसीमा नजिकिँदै गरदा संसद्‌लाई उसको जिम्मेवारी पूरा गर्न दिनबाट रोक्नु गलत भएको फैसला सुनाएको छ।

सर्वोच्च अदालतले बोरिस जोनसनले संसदीय खबरदारीको प्रक्रियालाई अवरूद्ध पार्ने वा त्यसमा गतिरोध ल्याउने अनुचित उद्देश्य राखेका भनेर नै चाहिँ भनेको छैन।

तर यसबाट पुग्नुपर्ने क्षति उनलाई पुगेको छ, उनलाई कुनै कानुनी औचित्यविना संसद्‌लाई उसले गर्नुपर्ने काम गर्नबाट रोक्न गैरकानुनी कार्य गरेको भन्ने ठहर भएको छ।

र सर्वोच्च अदालतले संसद्‌लाई औपचारिक रूपमा निलम्बन गर्न भनी उनले महारानी एलिजावेथ समक्ष गरेका आग्रह र अर्डर इन काउन्सिल भनिने आदेश रद्द गरिदिएको छ।

यो फैसलाको अर्थ ब्रिटिश संसद्‌ कहिल्यै पनि निलम्बित अवस्थामा नरहेको भन्ने लाग्छ। र सांसदहरू संसद्‌ कक्षमा पुन: प्रवेश गर्न स्वतन्त्र अवस्थामा छन्।

स्वतन्त्र न्यायाधिशहरूले न्यायिक समिक्षाको संयन्त्रमार्फत्‌ सरकारले अवैधानिक रूपमा चालेको कदमलाई जहाँको त्यहीँ रोकिदिएको यो हालसम्मकै सबैभन्दा नाटकीय उदाहरण हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका