युक्रेनमा विमान दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु, तीनजना घाइते



 

युक्रेनमा विमान अवतरणकाक्रममा दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

युक्रेनमा ८ यात्रीसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणकाक्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको हो ।द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेढ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनास्थलबाट तीनजनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ । युक्रेनी आपत्कालीन सेवा सम्बद्ध अधिकारीले चालकदलका सदस्यहरूमध्ये तीनजनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।

उक्त विमान किभस्थित युक्रेनी कम्पनी युक्रेन एअर अलाएन्सद्वारा सन्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट युक्रेनका लागि उडेको थियो । विमान इन्धन खाली भएपछि दुर्घटना भएको अनुमान छ ।

युक्रेनी आपत्कालीन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढिकी जाँतोदेखि रकेटसम्म, कीर्तिपुरमा बन्दैछ ‘साइन्स सिटी’

काठमाडौं । ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो !

काठमाडौं । ‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’

पर्यटकीय पूर्वाधारमा फड्को मार्दै रुपन्देही

भैरहवा । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्वीको केन्द्र विन्दु हो । लुम्बिनीलाई

विदेश जाने मोह त्यागेर कृषिमा युवा

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि