पाकिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, करिव पाँच सय घाइते



पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ जना घाइते भएका छन् ।

पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मङ्गलबार अपराह्नमा गएको भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी साता बाइडेन र सीबीच फोनवार्ता हुने

आगामी केही हप्ता’मा एक बाइडेन र सीबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिन ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको शुरुवातपछि मध्य एसियाली देशहरू – ताजिकिस्तान र

क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

क्यामरूनको पश्चिमी एक गाउँमा भएको जातीय हिंसामा ३० भन्दा बढी गाउँलेको मृत्यु भएको

रुसद्वारा युक्रेनको राजधानी किएभमा आक्रमण तीव्र

रुसले युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ । यो राजधानी किएभमा महिनौँयता