इन्डोनेसियामा भएको हिंसामा कम्तीमा २४ को मृत्यु



इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुनेसङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन् । घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताए ।

अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको थियो ।

घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।

भवनहरूको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्नसक्ने प्रारम्भिक सूचना आफूले पाएको दारियन्तोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई सफाइ

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको

युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको

गाजामा मानवीय युद्धविराम थप लम्ब्याइने

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा

गाजामा भोकमरीको सङ्कट उच्च

  गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका