अमेरिकी राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा विपक्षी दलको अग्रसरता



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग आफूले गरेको फोनवार्तामा भूतपूर्व उपराष्ट्रपति जो बाइडन र उनका छोराबारे कुरा उठाएको विषयको प्रतिरक्षा गरेका छन्।

फोनवार्ताबारे संवाददाताहरूसँग सोमवार कुरा गर्दै ट्रम्पले भ्रष्टाचारबारे कुरा गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

अमेरिकामा हुने आगामी निर्वाचनमा आफूलाई चुनौती दिन सक्ने व्यक्तिविरुद्ध अनुसन्धान गर्न आफूले युक्रेनी राष्ट्रपतिलाई दबाव दिएको भन्ने समाचारको ट्रम्पले खण्डन गरे।

डेमक्र्याटिक पार्टीका एक वरिष्ठ नेताले अहिले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग नै “एक मात्र उपचार हुन सक्ने” बताएका छन्।

बराक ओबामाका उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन्।

हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए। त्यतिबेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए।

अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिने डेमक्र्याटिक उम्मेदवारको प्रबल दाबेदार हुन्।

गत साता अमेरिकी सञ्चारमाध्यमले एक गुप्त सुराकीले विदेशी नेतासँगको टेलिफोन कुराकानीको विषयवस्तु र उद्देश्यप्रति गम्भीर प्रश्न गर्दै राष्ट्रपति ट्रम्पविरुद्ध उजुरी हालेको जनाएका थिए।

अमेरिकी राष्ट्रपतिले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाव दिएको समाचारहरूमा उल्लेख थियो।

ट्रम्प प्रशासनले सुराकीको उजुरी कंग्रेसलाई हस्तान्तरण गर्न रोकिरहेको विवरण गत साता बाहिर आएको थियो। इन्टेलिजन्स इन्स्पेक्टर जेनरलले भने त्यसलाई ‘अत्यावश्यक’ ठहर्‍याएका थिए।

अमेरिकी कानुनअनुसार उजुरीलाई ‘अत्यावश्यक सरोकार’ ठम्याइएमा तथा इन्स्पेक्टर जेनरलले ‘विश्वसनीय’ मानेमा इन्टेलिजन्स विभागका प्रमुखले सात दिनभित्र कंग्रेसलाई सूचना दिने अपेक्षा गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक सङ्कट कम गर्ने प्रयासमा थाई प्रधानमन्त्री, सेनाका कमान्डरसँग भेट

बैंकक । थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार एक सेना कमान्डरसँग मेलमिलापको वार्ता गरेकी

इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने

तेहरान । युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्ना इरानी समकक्षीसँग आणविक वार्ता गर्ने भएका छन्

इरानमा शासन परिवर्तन अकल्पनीयः रुस

मस्को। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै पनि छलफललाई पूर्ण

इयुद्वारा प्रमुख राज्य चिकित्सा उपकरण सम्झौताबाट चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध

ब्रसेल्स । बेइजिङले आफ्नो बजारमा पहुँचमा राखेका सीमाहरूको जवाफमा युरोपेली संघ (इयु) ले