अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भइरहेको प्रधानमन्त्रीको भनाई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम भइरहेको बताएका छन् । तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गरेका हुन् ।

हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै प्रधानमन्त्रीले पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट समृद्धि हासिल हुने बताए । समानतालाई समृद्धिसँग जोडेर मुलुकमा परिवर्तन ल्याउन आफूहरु अग्रसर रहेको भन्दै जनताको जीवनमा समृद्धिसहितको समानता हासिल गरी अमात्यका योगदानलाई चिरस्मरणीय बनाउने पनि उनले बताएका छन् ।

अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिष्ट नेता हुन् । १५ सेप्टेम्बर सन् १९४९ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिष्ट घोषणापत्र जारी गर्दा उनी पनि सहभागी थिए । विसं २००८ मा स्थापना भएको अखिल नेपाल किसान सङ्घको उनी संस्थापक अध्यक्ष थिए । विसं २००९ देखि २०१४ सम्म नेपालमा भएका ठूला किसान विद्रोहको नेतृत्व उनले गरेका थिए । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा उनले ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टीको सांसद भई संसदीय दलको नेतृत्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं । नेकपा एमालेकी नेतृ भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा

जिम्मेवारी नपाएर बाहिर रहेका नेताहलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले जनतासँग पार्टी र कार्यकर्तासँग

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ