किन भेटिन् चिनियाँ राजदूतले रामचन्द्र पौडेललाई ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चीनका राजदुत हाउ यान्कीबीच भेटवार्ता भएको छ । पौडेल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । सयौं वर्ष पहिलेदेखिको नेपाल र चीन बीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्ष गाँठको अवसरमा भेट भएको वरिष्ठ नेता पौडेलले जानकारी दिएका छन् ।
भेटमा बीपी कोइराला र माओत्सेतुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको बीचको सम्बन्धको चर्चा गर्दै, चीन सरकारले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोरोना नियन्त्रणका लागि यथेष्ट सहयोग गर्ने बारे चर्चा भएको पौडेलको निजी सचिवालयले जनाएको छ ।