चुनावअघि ब्राजिलमा बेरोजगारी दर न्यून


ब्रासिलिया । ब्राजिलको बेरोजगारी दर अगस्टसम्मको पछिल्लो तीन महिनामा उच्च न्यून स्तरमा रहेको सरकारी तथ्याङ्कले देखाएको छ । यसले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्वाको पुनःनिर्वाचन अभियानलाई यस साताको मतदानअघि बल पुर्याएको छ ।

“ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने ब्राजिलमा उक्त अवधिमा बेरोजगारी दर ५.३ प्रतिशत रह्यो, जुन २०१२ मा सुरु भएदेखिको पछिल्लो तीन महिनामासबैभन्दा न्यून हो,” ब्राजिलियन इन्स्टिच्युट अफ जिओग्राफी एन्ड स्ट्याटिस्टिक्स (आईबीजीई) ले जनाएको छ।

मार्चसम्मका तीन महिनामा ६.१ प्रतिशत रहेको बेरोजगारी दर त्यसयता लगातार घट्दै आएको छ। जुलाईसम्मका तीन महिनामा यो ५.३ प्रतिशत पुगेको थियो।

बार्षिक आधारमा यो दर ०.३ प्रतिशत बिन्दुले घटेको छ । उद्योग र निर्माण क्षेत्रले रोजगारी सिर्जनामा नेतृत्व गरिरहेका छन् । मे सम्मका तीन महिनाको तुलनामा ती क्षेत्रमा रोजगारी क्रमशः २ प्रतिशत र ४.१ प्रतिशतले बढेको छ।
ब्राजिलको श्रम बजारको प्रमुख विशेषता अनौपचारिक रोजगारी रोजगार प्राप्त जनसङ्ख्याको ३७.५ प्रतिशतमा स्थिर रहेको छ ।

यी तथ्याङ्क आइतबारको पहिलो चरणको राष्ट्रपतीय चुनावअघि आएका हुन् । निर्वाचनमा जसमा लुलाले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा, अति–दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारोसँग प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणका लागि सर्वेक्षणमा लुलाको थोरै अग्रता छ, तर सम्भावित अक्टोबर २५ को दोस्रो चरणमा उनी युवा उम्मेदवार बोल्सोनारोसँग बराबरी हुने प्रक्षेपण गरिएको छ।