जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई १४ लाख डलर पुरस्कार



जापान । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको छ ।

यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन १२ हजार पाँच सय येन (८३ डलर) का दरले क्षतिपूर्ति प्रदान गरेको छ । यसको अधिकांश समय मृत्युदण्डमा रहँदा हरेक दिन उनको अन्तिम दिन हुनसक्ने डर थियो ।

हाल ८९ वर्षका पूर्व बक्सरले सन् १९६६ को चार व्यक्तिको हत्या मुद्दामा गत वर्ष उनकी बहिनी र अन्य व्यक्तिहरूको निरन्तर अभियानपछि सफाइ पाएका थिए ।

सिजुओका जिल्ला अदालतको सोमबारको एक निर्णयमा ‘दावीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन प्रदान गरिने’ अदालतका प्रवक्ताले बताए । सोही अदालतले सेप्टेम्बरमा हाकामादा पुनः सुनुवाइमा निर्दोष रहेको र प्रहरीले प्रमाणमा छेडछाड गरेको फैसला गरेको थियो ।

हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोगेका थिए । यसलाई उनले पछि फिर्ता लिनुभएको अदालतले बताएको छ ।

स्थानीय मिडियाका अनुसार यो अन्तिम रकम यस्ता प्रकारका क्षतिपूर्तिका लागि एक रेकर्ड हो । तर हाकामादाको कानूनी टोलीले पैसाले उनले भोगेको पीडालाई पूरै सम्बोधन गर्न नसक्ने बताएको छ ।

दशकौँको नजरबन्दले–मृत्युदण्डको खतरा निरन्तर बढ्दै जाँदा–हाकामादाको मानसिक स्वास्थ्यमा ठूलो असर पारेको छ । उनका वकिलहरूले उनलाई ‘कल्पनाको संसारमा बाँचिरहेको’ भनेर वर्णन गरेका छन् ।

हाकामादा जापानको युद्ध परान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौँ कैदी थिए। अघिल्ला सबै चारवटा मामिला पनि निर्दोष ठहरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको डिजिटल क्षेत्रमा तीव्र बृद्धिः १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ। सन् २०२५ मार्चसम्म

पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त

भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर

पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने

वार्सा । डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएको ‘२४ घण्टा’ भित्र युक्रेन र रुसबीच

रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित