मालीका राष्ट्रपतिद्वारा आफू सकुशल रहेको जानकारी



मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइता मङ्गलबार उनीमाथि भएको हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै आफू सकुशल रहेको बताएका छन् ।

राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने,“यो आक्रमण मालीमा अस्थिरता चाहने समूहले गराएको र यस्ता समूहले कुनै पनि समय अवाञ्छित क्रियाकलाप गर्नेछन् ।”

गोइताले ओआरटीएम नामक टेलिभिजनमार्फत् भने, “नेतृत्वमाथि यस किसिमका हमला हुने गर्छन् तर यसबाट एउटा कुशल राजनीतिज्ञ डराएर पछि हट्ने कुरा हुँदैन ।”

गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले यसपहिले जानकारी गराएको छ ।

उनलाई दुई व्यक्तिले आक्रमण गरेको तर उनी सकुशल रहेको उनको कार्यालयले एएफपीका संवाददातालाई बताएको छ । आक्रमणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिम राष्ट्रपति गोइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण प्रयास भएको हो ।

धार्मिक मामिला मन्त्री मामाडो कोनले एएफपीसँग गरेको कुराकानीमा एक व्यक्तिले ‘राष्ट्रपति’लाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको पुष्टि गरेका छन् । राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपित अन्य एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली हमलामा २३ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा आठ बालबालिका

बङ्गलादेशका पूर्व शीर्ष प्रहरी मानवताविरुद्ध अपराधमा दोषी ठहर

ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण