कतार सरकारद्वारा पहिलो विधानसभा निर्वाचनका लागि पर्यवेक्षण समिति गठन



कतारले आफ्नो पहिलो विधानसभा निर्वाचनको पर्यवेक्षणका लागि एक समिति गठन गरेको छ ।आगामी अक्टोबरमा हुने विधान सभा निर्वाचनको निष्पक्षता अनुगमन गर्नका लागि समिति गठन गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

दुई तिहाइ अथवा ४५ मध्ये ३० सदस्यीय सल्लाहकार काउन्सिलका लागि मतदान हुने कतार सरकारले जनाएको छ ।कतारका अमिर शेख तमिम बिन हमद अल थानीले १५ जना काउन्सिल सदस्य नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको बताइएको छ ।

प्रधानमन्त्री शेख खालिद बिन खलिफा अल थानीको निर्देशनमा गठन भएको पर्यपेक्षण समितिको गृहमन्त्रालयका अधिकारीहरुले नेतृत्व गर्ने बताइएको छ ।कतारमा यसअघि नी स्थानीय तहको निर्वाचन भइसकेको छ । अन्य खाडी मुलुकहरुम जस्तै कतारमा पनि राजनीतिक दलहरुमाथि भने प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्री शेख खालिदले आगामी वर्ष हुने विश्वकप फुटबल अघि नै कतारमा निर्वाचन भइसक्ने बताउनुभएको थियो ।पछिल्ला केही महिनायता कतारले संवैधानिक प्रक्रिया र वैधानिक विधिहरु अवलम्बन गरेर चुनावी प्रक्रिया अघि बढाउने जनाएको थियो ।

करिब ३० लाख जनसंख्या रहेको कतारमा १० प्रतिशत भन्दा बढी विदेशी कामदार रहेको त्यहाँको सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

बेइजिङ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा

साओ पाउलो । अमेरिकाले ब्राजिलबाट आउने सामानहरूमा ५० प्रतिशत महसुल (कर) लगाउने घोषणा

तीन देशका अन्तरिक्ष यात्रीको निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण

फ्लोरिडा । भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू

गतवर्ष आफ्नो नेतालाई अपदस्थ गरेको विद्रोहको परिणाम नियन्त्रण गर्न सङ्घर्ष गर्दै बङ्गलादेश

ढाका । गतवर्ष पूर्वप्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट हटाइएपछि र उनको