सिरियाली राष्ट्रपतिद्वारा कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन



सिरियाका राष्ट्रपति बशर अल असदले आइतबार जनतालाई डिजेल ईन्धन र रोटीको मूल्यवृद्धिले पारेको प्रभावलाई सम्बोधन गर्नका लागि भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई निर्देशन दिएका छन् ।

सिरियाको राज्य सञ्चालित समाचार संस्था ‘साना’का अनुसार असदले राज्यका कार्यरत कर्मचारीका लागि ५० प्रतिशत र सेवानिवृत्तका लागि ४० प्रतिशत तलब वृद्धि गर्न आदेश दिएका हुन् ।

सिरियाली सरकारले सहुलियत दरको ईन्धनको मूल्यमा १७७ दशमलब ७ प्रतिशत र सहुलियत दरको पाउरोटीमा ५० प्रतिशतले मूल्य बढाएपछि यसको नागरिकस्तरबाट व्यापक विरोध भएको थियो । सरकारले मूल्यवृद्धि गरेर सामान्य जनजीवनमा प्रभाव परेको गुनासो जनस्तरबाट आएपछि राष्ट्रपतिले यसलाई सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

सानाका अनुसार सिरियामा लगाइएको पश्चिमी प्रतिबन्धका साथै विश्वव्यापी उर्जा ईन्धनको मूल्य वृद्धिका कारण इन्धनको मूल्यमा वृद्धि भएको उनले बताए । सरकारी अनुमान अनुसार इन्धनको मूल्य वृद्धिका कारण यातायात सेवा क्षेत्रमा २५, कृषि क्षेत्रमा सात प्रतिशत मूल्यवृद्धि हुने देखिएको छ । यद्यपि सिरियाली मानव अधिकारवादी संस्थाहरूले भने इन्धन तथा पाउरोटीमा भएको मूल्यवृद्धिले घरायसी खर्चमामा १७८ प्रतिशत वृद्धि हुने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीपहिरोमा परी १११ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु

गत महिना चीनको अमेरिकातर्फको निर्यात पूर्वानुमानभन्दा बढी

बेइजिङ । वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु

गाजा । गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४०