युरोपेली संघले कोभिसिल्ड खोप लगाएकालाई मान्यता नदिने



युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो ।

चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निष्कर्ष निकालेको छ ।

युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ ।

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ ।

युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशङ्का उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीमा परी ९८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका

इजरायली आक्रमणबाट मानवीय सहायता वितरणका क्रममा गाजामा आठ सयको मृत्यु

जेनेभा ।  संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने

आफूलाई सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार