भेनेजुएलामा कोभिड–१९ विरुद्ध व्यापक खोप अभियान शुरु



भेनेजुएलाका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ विरुद्ध राजधानी काराकासमा व्यापक खोप अभियान शुरु गरेको बताएका छन् । भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको छ ।

क्युबाली खोप उत्पादक बायोक्युबाफर्माका स्थानीय प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले यस खोप अभियानमा प्रयोग भएको क्युबाली खोप पहिलो डोज लगाइने बताउँदै यसको प्रभावकारिता निकै उत्कृष्ट रहेको दाबी गरे ।

हालैमात्र क्युबाले भेनेजुएलाको स्वास्थ्य मन्त्रालयसँग एक करोड २० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको थियो । यो खोप आगामी चार महिनाभित्र भेनेजुएलालाई उपलब्ध गराइने क्युबाली अधिकारीहरुले बताएका छन् ।

दुई देशबीच भएको यो सम्झौताबाट करिब ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ । क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनु पर्दछ ।

पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला आइपुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबाफर्माका अल्मेन्डेर्सले बताए ।

क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने भन्दै अल्मेन्डेर्सले यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

लण्डन । बेलायत सरकारले १६ वर्षका बालबालिकालाई आम निर्वाचनमा मतदान गर्न अनुमति दिने

दक्षिण सिरियामा भएको हिंसामा ५०० भन्दा बढीको मृत्यु

दमास्कस । दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा

रुसद्वारा एक हजार युक्रेनी सैनिकको शव हस्तान्तरण

मस्को । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त

किएभ ।  युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार