‘डुरान्ड लाइन’ बन्द गर्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार तालिवानले अफगानिस्तानमा जबरजस्ती सत्ता कब्जा गरेमा पाकिस्तानले सीमाना बन्द गर्ने चेतावनी दिएका छन् ।

पाकिस्तानी सञ्चारमाध्यम डनलाई उदृत गर्दै अफगानिस्तान टाइम्सले भनेको छ, “पाकिस्तानले तालिवानलाई अफगान सरकारसँग वार्तामा संलग्न हुन दबाब दिन सबै प्रयास गर्नेछ साथै अफगानिस्तानी तालिवानले सत्ता कब्जा गर्न खोजेमा आफ्नो देशसँगको सीमाना ‘डुरान्ड लाइन’ बन्द गर्नेछ ।” यो सीमानाले पाकिस्तानको व्यापारिक सम्बन्धलाई मध्य एशियाली देशहरूसँग जोड्दछ ।

पाकिस्तानले अफगानिस्तानसँगको ८० प्रतिशतभन्दा बढी ‘डुरान्ड लाइन’मा बार लगाइसकेको छ । अमेरिकी सेना देशबाट फिर्ता जाने तयारी (सहमति) सँगै तालिवान देशभर आक्रामक बनेको र हिंसात्मक गतिविधिमा वृद्धि भएको पाकिस्तानी प्रशासनको बुझाई छ ।

यसैबीच, अफगानिस्तानमा राष्ट्रिय मेलमिलापका लागि उच्च परिषद्का अध्यक्ष अब्दुल्ला अब्दुल्लाले जारी वार्तालाई अन्त्य गर्न शान्ति वार्तालाई निरन्तरता दिन शनिबार आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीमा परी ९८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका

इजरायली आक्रमणबाट मानवीय सहायता वितरणका क्रममा गाजामा आठ सयको मृत्यु

जेनेभा ।  संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने

आफूलाई सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार